किन्डर पिलरका विद्यार्थीलाई आत्मरक्षा तालिम

Newslaya Home

किन्डर पिलरका विद्यार्थीलाई आत्मरक्षा तालिम

मङ्गलबार १७, मङि्सर २०७६

इटहरी । इटहरीस्थित किन्डर पिलर इभी लिग किड्स इटहरीले आफ्नो स्कुलमा पढ्ने बालबालिकाहरुलाई आत्मरक्षा तालिम दिएको छ ।

विद्यालय परिसरमा उक्त तालिम कोरियोग्राफर तथा इभेन्ट योजनाकार जय शर्माले दिएका थिए । तालिमलाई विद्यार्थीहरुले निकै रुचीपूर्वक लिएको स्कुलकी सञ्चालिका श्रुती शर्मांले जानकारी दिइन् । तालिममा पोषण, खाना खाने तरिका आदि बारेसमेत जानकारी दिइएको थियो ।

यो प्रि स्कुलले बालबालिकाहरुको विकासको लागि शिक्षासँगै विभिन्न अनौपचारिक तालिम तथा कार्यक्रमहरुसमेत गर्दै आएको छ ।

सोही क्रममा किन्डर पिलरको विराटनगर स्कुलमा भने मंगलबार सृजनात्मक कार्यक्रम गरिएको छ ।

Image may contain: one or more people and outdoor

Image may contain: 11 people, people smiling, people sitting and outdoor

Image may contain: 4 people, outdoor

Image may contain: 10 people, people smiling, outdoor