अफगानिस्तानमा तालिबान समूहका २४ जना लडाकू मारिए

Newslaya Home

अफगानिस्तानमा तालिबान समूहका २४ जना लडाकू मारिए

मङ्गलबार १७, मङि्सर २०७६

एजेन्सी । अफगानिस्तानमा सरकारी फौजको कारबमहीमा विद्रोही तालिबान समूहका २४ जना लडाकू मारिएका छन् ।

सोमबार गरिएको सैन्य कारबाहीका क्रममा २४ जनाको मृत्यु हुनका साथै अरु थुप्रै तालिबान लडाकू घाइते भएको अफगान सेनाले जारी गरेको विज्ञप्तिमा उल्लेख गरिएको छ ।

अफगानिस्तानको पूर्वी नान्गरहर प्रान्तको अचिन जिल्लामा सुरक्षा फौज समक्ष ३१ जना इस्लामिक स्टेटका लडाकूहरुले आत्मसमर्पण गरेको जनाइएको छ ।

लोगाड, कुन्दुज र हेलमाण्ड प्रान्तमा सो सैन्य कारबाही गरिएको प्रान्तीय सरकारका प्रवक्ता एस्तामुल्लाह मुराडीले जानकारी दिएका हुन् ।

सरकारी भनाइको प्रतिवाद गर्दै विगत २४ घण्टाको अवधिमा मुलुकभर दर्जनौं सुरक्षाकर्मी मारिएको तालिबानका प्रवक्ता जबिहुल्लाह मजाहिदले दाबी गरेका छन् ।