तेक्वान्दो खेलमा वीरबहादुरले स्वर्ण जिते

Newslaya Home

तेक्वान्दो खेलमा वीरबहादुरले स्वर्ण जिते

मङ्गलबार १७, मङि्सर २०७६

काठमाडौं । १३औं दक्षिण एसियाली खेलकुद (साग)को तेक्वान्दो तर्फ नेपालले स्वर्ण पदक हात पारेको छ ।

तेक्वान्दो प्रतिस्पर्धाको दोस्रो दिन दोस्रो फाइटको ६८ केजीमुनि तौल समूहमा नेपालका वीरबहादुर महराले उत्कृष्ट प्रदर्शन गरेका हुन् ।

भारतका पृथ्वीराज चौहानलाई सेमिफाइनलमा पराजित गरि फाइनलमा प्रवेश गरेका महराले फाइनलमा पाकिस्तानका महम्मद फहिमलाई ४१–३६ अंकले पराजित गरेका हुन् ।

यसअघि भएको तेक्वान्दो खेलमा काजल श्रेष्ठले पनि नेपालका लागि स्वर्ण दिलाएकी थिइन् ।
मंगलबार भएको खेलमा तेक्वान्दोबाट २, कराँतेबाट २, उसुबाट २, एथ्लेटिक्सबाट १ र ट्रायथलनबाट १ स्वर्ण गरी ८ स्वर्ण जितेको नेपालले स्वर्ण संख्या २३ पर्याएको छ ।