चन्द्रगढी विमानस्थललाई आधुनिकिकरण गर्ने तयारी

Newslaya Home

चन्द्रगढी विमानस्थललाई आधुनिकिकरण गर्ने तयारी

मङ्गलबार १७, मङि्सर २०७६

झापा । झापामा रहेको चन्द्रगढी विमानस्थललाई विस्तार साथै आधुनिकिकरण गरिने भएको छ ।

मंगलबार विर्तामोडमा आयोजित एक कार्यक्रममा छलफल गर्दै संस्कृति पर्यटन तथा नागरिक उड्डायनमन्त्री योगेश भट्टराइले विमानस्थलको आधुनिकिकरण गरिने बताएका हुन् ।

मन्त्री भट्टराइले विमानस्थल सुधारका लागि नागरिक उड्ड्यन प्राधिकरणले गुरु योजना तयार गरेको बताउँदै छलफलपछि आएका सुझावलाई समेटेर उक्त योजनालाई पूर्णता प्रदान गरी विमानस्थलको विस्तार कार्यअघि बढाइने जानकारी दिए ।