गढीमाईमा ट्रयाक्टरले किचेर एक दर्शनार्थीको मृत्यु

Newslaya Home

गढीमाईमा ट्रयाक्टरले किचेर एक दर्शनार्थीको मृत्यु

मङ्गलबार १७, मङि्सर २०७६

बारा । गढीमाई मन्दिरको उत्तरपट्टी रहेको पाकिङ्गस्थलमा ट्रयाक्टरले किचेर एक दर्शनार्थीको मृत्यु भएको छ ।

मंगलबार बिहान १ बजे सपरिवार सुति रहेको अवस्थामा नम्बर नरहेको अनटेष्ट बलवान ट्रयाक्टले किच्दा सर्लाही जिल्ला बरहथवा नगरपालिका–५ घर भएका ६० वर्षिय राजा रायको ज्यान गएको हो ।

प्रहरीले उक्त ट्रयाक्टर नियन्त्रणमा लिई मृत्तक रायको शव परीक्षणगर्न गएराती नै जिल्ला अस्पताल कलैयामा लगिएको जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी उपरीक्षक विकासराज खनालले बताए ।