विराटनगर स्थित एक घरमा १५ तोला सुन सहित ५० हजार चोरी

Newslaya Home

विराटनगर स्थित एक घरमा १५ तोला सुन सहित ५० हजार चोरी

मङ्गलबार १७, मङि्सर २०७६

विराटनगर । विराटनगरको घोगापुल चोक स्थित एक घरमा १५ तोला सुन सहित ५० हजार चोरी भएको छ ।

सोमबार साँझ विराटनगर–९ घोगापुल चोकमा घर भएका मुलचन तापडियाको घरबाट १५ तोला सुन सहित ५० हजार चोरी भएको हो ।
घरका सबै परिवार बजार गएको समयमा तापडियाको घरबाट १५ तोला सुन, २५ तोला चाँदीको सिक्का र नगद ५० हजार रुपैयाँ चोरी भएको प्रहरीले जनाएको छ ।

घरको पछाडीको ढोका फोडेर चोरीे भएको बताउँदै तापडियाले प्रहरीमा खबर गरेका थिए ।
केही दिन अघि मात्र पसल फोडेर चोरी गर्ने गिरोहलाई पक्राउ गरेपछि रोकिएको चोरीको श्रृङ्खला फेरी शुरु भएकाले चोरीमा संलग्नको खोजी भइरहेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।