०.०१ सेकेण्डको अन्तरमा सन्तोषीले जितिन् नेपालका लागि स्वर्ण

Newslaya Home

०.०१ सेकेण्डको अन्तरमा सन्तोषीले जितिन् नेपालका लागि स्वर्ण

मङ्गलबार १७, मङि्सर २०७६

काठमाडौं । १३औं दक्षिण एसियाली खेलकुद ९साग०को एथ्लेटिक्समा नेपालले खाता खुलाएको छ ।

मंगलबार दशरथ रंगशालामा भएको खेलमा सन्तोषी श्रेष्ठले महिला तर्फको १० हजार मिटर दौडमा ३५ मिनेट ७।९४ सेकेण्डमा निर्धारित दूरी पूरा गर्दै स्वर्ण पदक जितेकी छिन् ।

भारतीय खेलाडी कविता यादवलाई ०।४ सेकेन्डले पछि पार्दै उनले नेपालका लागि स्वर्ण पदक हात पार्न सफल भएकी हुन् ।

त्यस्तै पुरुष तर्फको १५ सय मिटर दौडमा टंक कार्कीले कास्य पदक जितेका छन् ।

उनले ३ मिनेट ५९।२० सेकेण्डमा दौड पूरा गरेका हुन् भने उक्त प्रतिस्पर्धामा भारतका अजयकुमार सरो ३ मिनेट ५४।८१ सेकेण्डका साथ पहिलो र भारतकै अजित कुमार ३ मिनेट ५७।१८ सेकेण्डमा दुरी पार गर्दै दोस्रो बनेका छन् ।