पाँचथरमा भएको आगलागीमा एक वृद्धाको जलेर मृत्यु

Newslaya Home

पाँचथरमा भएको आगलागीमा एक वृद्धाको जलेर मृत्यु

मङ्गलबार १७, मङि्सर २०७६

पाँचथर । पाँचथरको एक घरमा आगलागि हुँदा ८५ वर्षीय वृद्धाचको जलेर मृत्यु भएको छ ।

सोमबार मध्यराती फालेलुङ गाउँपालिका–३, मेमेङ स्थित भएको आगलागीमा परि ८५ वर्षीय टंकरानी थाम्सुहाङको ज्यान गएको हो ।

एक्लै बस्ने गरेका टंकरानीको घरमा भएको आगलागी नियन्त्रण गर्न नसकिने अवस्थामा पुगेपछि मात्र छिमेकीले थाहा पाएको बताइएको छ ।

आगलागी पश्चात उक्त घर सरसफाई गर्ने क्रममा उनको शव जलेको अवस्थामा भेटिएको जिल्ला प्रहरी कार्यलय पाँचथरले जनाएको छ ।