८७ दिनपछि भेटियो, भारतको चन्द्रयान

Newslaya Home

८७ दिनपछि भेटियो, भारतको चन्द्रयान

मङ्गलबार १७, मङि्सर २०७६

एजेन्सी । भारतले चन्द्रमामा पठाएको चन्द्रयान ८७ दिनपछि फेला परेको छ ।

भारतीय कम्प्युटर प्रोग्राम तथा मेकानिकल इन्जिनियर सनमुग सुब्रमण्यमले जुटाएको प्रमाणमाथि अनुसन्धान गरेपछि अमेरिकी अन्तरिक्ष एजेन्सी (नासा)ले विक्रम ल्याण्डरको अवशेष भेटिएको पुष्टि गरेको हो ।

भारतले गत सेप्टेम्बर ७ मा चन्द्रमाको सतहमा पठाएको चन्द्रयान–२, विक्रम ल्याण्डर सतहमा अवतरण हुनुभन्दा २ दशमलब १ किलोमिटर परबाटै सम्पर्क विच्छेद भएको थियो ।

भारतीय प्रोग्रामबाट प्रमाण भेटेपछि नासाद्धारा अनुसन्धान सुरु गरिएको हो ।
आफ्नो अर्बिटरबाट लिएका तस्बिर सार्वजनिक गर्दै नासाले ठोक्किएको स्थानमा विक्रमको अवशेषलाई रेखांकन गरि देखाएको छ ।

भारतले चन्द्रमामा पठाएको चन्द्रयान ८७ दिनपछि भेटियो