हजुरबुबाद्वारा नातिनी बलात्कृत

Newslaya Home

हजुरबुबाद्वारा नातिनी बलात्कृत

मङ्गलबार १७, मङि्सर २०७६

ओखलढुङ्गा । ओखलढुङ्गाकी एक किशोरी हजुरबुबाबाट बलात्कृत भएकी छन् । मोलुङ गाउँपालिकाकी १५ वर्षीया किशोरीलाई नाताले हजुरबुवा पर्ने ५८ वर्षीय वृद्धले बलात्कार गरी गर्भवती बनाएको खुल्न आएको छ।

वृद्धलाई प्रहरीले पक्राउ गरेको छ। बालिकाका आफन्तले प्रहरीमा दिएको जाहेरीका आधारमा वृद्धलाई पक्राउ गरि अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ । गत साउन महिनामा घरमा कोही नभएको मौकामा वृद्धले बालिकालाई बलात्कार गरेको जाहेरीमा उल्लेख गरिएको छ ।

बालिकाको पेट अस्वभाविक रुपले बढेपछि आफन्तले सोधपुछ गर्दा बालिका भर्गवती भएको खुलेसँगै वृद्धले बलात्कार गरेको घटना बाहिर आएको हो। बालिका २३ हप्ताकी गर्भवती रहेको जनाइएको छ ।

बालिका सुस्त मनस्थिति र कम उमेरकी भएका कारणले गर्भपतनका लागि प्रसुती गृह थापाथली रेफर गरिएको जनाइएको छ ।