खुकुरी प्रहार गरी दाइलाई घाइते बनाएको अभियोगमा श्रेष्ठ पक्राउ

Newslaya Home

खुकुरी प्रहार गरी दाइलाई घाइते बनाएको अभियोगमा श्रेष्ठ पक्राउ

मङ्गलबार १७, मङि्सर २०७६

भोजपुर । खुकुरी प्रहार गरी दाईलाई घाइते बनाएको अभियोगमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।

भोजपुर श्यामसिला घर भई पाख्रीवास नगरपालिका–५ मासेडडुवा बस्ने २६ वर्षीय सुजन श्रेष्ठलाई प्रहरीले पक्राउ गरेको हो । श्रेष्ठले दाइ नाता पर्ने ४८ वर्षीय खड्ग बहादुर बयलकोटीलाई खुकुरी प्रहार गर्दा घाइते भएको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय पाख्रीवासबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

घाइते बयलकोटीको जिल्ला अस्पतालमा उपचार भइरहेको छ । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।