महिला फुटबलः नेपालद्वारा श्रीलङ्का १– ० ले पराजित

Newslaya Home

महिला फुटबलः नेपालद्वारा श्रीलङ्का १– ० ले पराजित

मङ्गलबार १७, मङि्सर २०७६

काठमाण्डौ । १३ औं दक्षिण एसियाली खेलकुद साग अन्तर्गत महिला फुटबलमा नेपालले श्रीलङ्कालाई १ – ० ले पराजित गरेको छ। नेपालकी सारा लिम्बुले ८८ औँ मिनेटमा गोल गर्दै नेपाललाई जित दिलाएकी हुन् ।

महिला फुटबलमा पाँच देश सहभागि छन्। पोखरामा जारी प्रतियोगिता राउण्ड रोबिनका आधारमा हुनेछ। अन्तिम दुई टोलीबीच फाइलन प्रतिष्पर्धा हुनेछ। नेपालले अब अर्को खेल माल्दिभ्स विरुद्ध खेल्नेछ।