उर्लाबारीमा टिपरको ठक्करबाट बालिकाको मृत्यु

Newslaya Home

उर्लाबारीमा टिपरको ठक्करबाट बालिकाको मृत्यु

मङ्गलबार १७, मङि्सर २०७६

मोरङ । उर्लाबारी– ५ स्थित भित्री सडक खण्डमा मंगलबार बिहान टिपरको ठक्करबाट एक बालिकाको मृत्यु भएको छ ।

ना ८ ख ७०५३ नम्बरको टिपरले ठक्कर दिँदा सोही ठाउँकी ४ वर्षिया बालिका राधिकाकुमारी मण्डलको घटनास्थलमै मृत्यु भएको हो । ठक्कर दिने टिपर र चालकलाई इलाका प्रहरी कार्यालय उर्लाबारीले नियन्त्रणमा लिएको छ ।