गढीमाईमा बलिकालागि ११ हजार राँगा दर्ता

Newslaya Home

गढीमाईमा बलिकालागि ११ हजार राँगा दर्ता

मङ्गलबार १७, मङि्सर २०७६

बारा । महागढीमाई नगरपालिकाको बरियारपुरमा जारी गढीमाई पञ्चवर्षिय मेलामा मंगलबार (आज) बाट बलि सुरु भएको छ । आज बिहान पञ्चबलीको रुपमा मुसा, बोका, पाठी, परेवा र हाँसलाई बलि दिइएको छ ।

आज राँगाको बलि दिइँदै छ भने भोली बोका, पाठा, पाठी, हाँस, परेवा र कुकुराको बलि दिने गढीमाई बलि व्यवस्थापन समितिले जनाएको छ । गएराति १२ बजेदेखि तान्त्रिक विधिबाट गढीमाई मन्दिरको पुजारीहरुले पूजा सुरु गरेका थिए ।

पूजापाठ गर्दा बत्ति बलेपछि पहिले पाँच बर्ष भन्दा बढी उमेर भएको बोका र जंगलबाट ल्याइएको सेतो मुसा, बच्चा अवस्थामा भएको हाँसको अण्डा, बाख्रा र परेवालाई ब्रह्म स्थानमा नै पञ्चवली दिइएको थियो ।

भक्तजनले भाकल गरेकामध्ये करिव ११ हजार राँगा बलिका लागि समितिमा दर्ता भएको मूल समारोह समितिले जनाएको छ ।