बाग्लुङ जीप दुर्घटना, १४ जनाको मृत्यु

Newslaya Home

बाग्लुङ जीप दुर्घटना, १४ जनाको मृत्यु

मङ्गलबार १७, मङि्सर २०७६

काठमाडौं । गुल्मीको इस्माबाट बागलुङको देवीस्थानमा कुलपुजाका लागि छुटेको जीप बडिगाड खोलामा खस्दा १४ जनाको मृत्यु भएको छ भने एकजना वेपत्ता भएका छन् ।

ग १ ज ५२१९ नम्बरको जीव मंगलबार बिहान १० बजे बडिगाड गाउँपालिका–७मा मध्यपहाडी राजमार्गबाट तल बडिगाड खोलामा खसेको जनाइएको छ ।
दुर्घटनामा ३ जना गम्भीर घाइते भएको र हेलिकोप्टरबाट उद्धारको तयारी भइरहेको जानइएको छ ।

कुल पूजाका लागि छुटेकाले एकाघरका मानिस परेको हुनसक्ने बताइएको छ । मृतकको सनाखत भएको छैन ।