उदयपुरमा जङ्गली हात्तीको त्रास बढ्दै

Newslaya Home

उदयपुरमा जङ्गली हात्तीको त्रास बढ्दै

मङ्गलबार १७, मङि्सर २०७६

गाईघाट । उदयपुरको त्रियुगा र चौदण्डी नगरपालिकाका गाउँमा जङ्गली हात्ती प्रवेश गर्न थालेका छन् ।

रातिको समयमा हात्ती गाउँमा प्रवेश गरेर घरको अन्न खाइदिने र धानबाली नष्ट गर्न थालेपछि स्थानीयबासी त्रसित बनेका हुन् ।

घरभित्रको बीस मुरीभन्दा बढी धानसमेत खाइदिनुका साथै अन्य बगैंचामा समेत क्षति गर्ने गरेको स्थानीयबासी गुणराज कार्कीले बताए ।

डिभिजन वन कार्यालय गाईघाटका सहायक वन अधिकृत जागेश्वर साहले जङ्गली हात्तीहरु कोशीटप्पु संरक्षण क्षेत्रबाट प्रवेश गरेको हुन सक्ने जनाउँदै नियन्त्रणको पहल सुरु गरिएको जानकारी दिए ।