धनकुटाको छुम्लिङ भीरबाट खसेर एक जनाको मृत्यु

Newslaya Home

धनकुटाको छुम्लिङ भीरबाट खसेर एक जनाको मृत्यु

मङ्गलबार १७, मङि्सर २०७६

धनकुटा । धनकुटाको छुम्लिङ भिरबाट लडेर एक जनाको ज्यान गएको छ ।

आईतबार महालक्ष्मी नगरपालिका–६ मुंगालीगाउँ घर भएका ५२ वर्षीय लाल बहादुर कार्कीको भिरबाट लडेर मृत्यु भएको हो ।

रातको समयमा घरबाट निस्किएका कार्की सोमवार दिउँसो सम्म घर फर्किएर नआएपछी आफन्तहरुले खोजतलास गरेका हुन् ।

सोही क्रममा कार्कीलाई सोमवार छुम्लिङ भिर मुनी मृत अवस्थामा भेटिएको जनाइएको छ ।
घटनाबारे जानकारी पाए लगत्तै घटनास्थलमा खटिएको प्रहरीको टोलीले घटनाबारे थप अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय धनकुटाले जनाएको छ ।