तारे होटलमा २५ सयमा कोठा !

Newslaya Home

तारे होटलमा २५ सयमा कोठा !

मङ्गलबार १७, मङि्सर २०७६

काठमाडौं । अर्बौ लगानी गरेका तारे होटलले पर्यटक कम भएपछि २० डलर(२५ सय रुपैयाँ)मा कोठा बेच्न बाध्य भएको छ ।

नेपालगंजका थ्री स्टार होटल कलपत्रु लर्डस इन नेपालगंज र फोर स्टार स्नेहाले २५ सय रुपैयाँमा कोठा उपलब्ध गराउन थालेका हुन् ।

बैंकबाट लिएको अर्ब भन्दा बढीको लगानीमा खुलेका होटल मौसमी व्यापारमा मात्र सीमित रहँदा दीर्घकालमा चर्को घाटा व्यहोर्नु पर्ने भन्दै अहिले होटल व्यवसायीहरु सेवामा विविधतामा केन्द्रित हुने प्रयास गरिरहेका छन् ।

होटलको स्तर अनुसार मूल्य निर्धारण गर्ने नियम बनाइएपनि वाध्यतावस् कम मूल्यमा रुम विक्री गर्नुपरेको सिद्धार्थ होटलका प्रमुख कार्यकारी अधिकृत कृष्ण न्यौपानेले जानकारी दिए ।

होटलमा अस्वस्थ प्रतिस्पर्धाका कारण दुई दशक अघिको भन्दा पनि ५० प्रतिशत कम मूल्यमा कोठा बिक्री भइरहेको स्नेहा होटलका संचालक असित शम्शेर जबराले बताए । कैलाश मानसरोबर साथै गैरसरकारी संस्थाका कारण होटल चलायमान भएको तर प्रदेशको अस्थायी राजधानी बुटवल बनेका कारण पनि होटल व्यवसाय जटिल बन्न पुगेको जबराले बताए ।

अहिले पाँच तारे होटल सोल्टी वेस्टेन्ड प्रिमियरले ५० डलर (५५ सय रुपैयाँ) मा कोठा बिक्री गरिरहेको छ ।
नेपालगञ्जकै सिद्धार्थ होटलले बेड एण्ड ब्रेकफास्ट सिंगल रुमका लागि चार हजार रुपैयाँ र डबल रुमको छ हजार रुपैयाँमा बिक्री गरिरहेको छ। तर बर्दिया टाइगर रिसोर्टले भने २५ सय रुपैयाँमा कोठा बिक्री गरिरहेको छ ।