उपनिर्वाचनको अन्तिम नतिजा सार्वजनिक, कसले कुन–कुन स्थानमा जित्यो ?

Newslaya Home

उपनिर्वाचनको अन्तिम नतिजा सार्वजनिक, कसले कुन–कुन स्थानमा जित्यो ?

मङ्गलबार १७, मङि्सर २०७६

काठमाडौं । शनिबार सम्पन्न भएको प्रतिनिधि सभा, प्रदेश सभा तथा स्थानीय तहका सदस्यको उपनिर्वाचनको अन्तिम नतिजा सार्वजनिक गरिएको छ ।

उपनिर्वाचनको मतगणना सम्पन्न भए सँगै ३० स्थानमा नेपाल कम्युनिस्ट पार्टी (नेकपा), प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले १३ स्थानमा र ९ स्थानमा अन्य दलका उम्मेदवार विजयी भएका छन् ।

बागलुङ निर्वाचन क्षेत्र नं २ (ख) मा नेकपा समर्थित राष्ट्रिय जनमोर्चाका उम्मेदवारले विजय हासिल गरेका छन् । यस्तै प्युठानको ऐरावती गाउँपालिका २ मा स्वतन्त्र उम्मेदवार भीमेश्वर घर्ती मगर विजयी भएका छन् । नेकपाले जनमोर्चालाई सो वडामा समर्थन गर्ने निर्णय गरेपछि मगरले बागी उम्मेदवारी दिएका थिए ।

यस्तै समाजवादी पार्टीले ४ स्थानमा विजय हासिल गरेको छ भने ३ राजपाले स्थानमा विजय हासिल गरेको छ ।

प्रतिनिधिसभा तर्फ कास्की २ मा नेकपा उम्मेदवार विद्या भट्टराई विजयी भइन् भने प्रदेश तर्फ भक्तपुर निर्वाचन क्षेत्र नं १ (क) मा काँग्रेस, बागलुङनिर्वाचन क्षेत्र नं २ (ख) मा जनमोर्चा र दाङनिर्वाचन क्षेत्र नं ३ (ख) मा नेकपा उम्मेदवार विजयी भएका हुन् ।

यस्तै धरान उपमहानगरपालिकामा काँग्रेसका उम्मेदवार तिलक राई विजयी भए भने गाउँपालिकातर्फ पाँचथरको फाल्गुनन्द, संखुवासभाको मकालु र महोत्तरीको पिपरा गाउँपालिका अध्यक्षमा नेकपाका उम्मेदवार विजयी भए ।

यस्तै हुम्लाको खार्पुनाथ गाउँपालिकाको उपाध्यक्षमा पनि नेकपा उम्मेदवार विजयी भएको निर्वाचन आयोगले जनाएको छ ।

अन्तिम नतिजाः