थप उपचारको प्रकृयामा प्रधानमन्त्री ओली

काठमाडौं । अस्पतामै रहेका प्रधानमन्त्री ओलीको स्वास्थ्यमा सुधार भइरहेको चिकित्सकले बताए पनि थप उपचारका लागि अमेरिका लैजाने तयारी भएको छ।
एपेन्डिसाइटिसको शल्यक्रिया गरेका प्रधानमन्त्री ओलीको डिस्टार्ज पछि मिर्गौला प्रत्यारोपणका लागि अमेरिका लैजाने विषयमा चिकित्सक र नेकपाका नेताबीच छुट्ट छुट्टै छलफल भएको जनाइएको हो ।
प्रधानमन्त्री ओलीको एक सातामै दुईपटक डायलाइसिस गरिएकाले थप उपचारको लागि विदेश लैजान आन्तरिक छलफल भइरहेको नेकपाका एक सचिवालय सदस्यले जानकारी दिए ।
अमेरिका लैजाने कि त्यहाँका चिकित्सकलाई नेपालमै झिकाएर उपचार गराउने भन्नेमा छलफल भइरहे पनि अमेरिका नै लगिने सम्भावना बलियो रहेको ती नेताले बताए ।