पेट्रोल, डिजेल र मट्टीतेलको मूल्यमा वृद्धि

Newslaya Home

पेट्रोल, डिजेल र मट्टीतेलको मूल्यमा वृद्धि

मङ्गलबार १७, मङि्सर २०७६

काठमाण्डौ । नेपाल आयल निगमले पेट्रोल, डिजेल र मट्टीतेलको मूल्यमा वृद्धि गराएको छ ।

सोमबार राति देखि लागु हुने गरि प्रतिलिटर २ रुपैयाँका दरले वृद्धि गराइएको हो ।

नयाँ मूल्यअनुसार पेट्रोल प्रतिलिटर १०९ रुपैयाँ तथा डिजल र मट्टीतेलको प्रतिलिटर ९७ रुपैयाँ कायम गरिएको नेपाल आयल निगमका प्रवक्ता वीरेन्द्र गोइतले जानकारी दिए ।

आइतबार पठाएको इन्डियन आयल कर्पोरेशन (आईओसी) को मूल्य सूचीमा इन्धनको मूल्य बढाएर पठाएका कारण पेट्रोल, डिजेल मट्टीतेलको मूल्य बढाइएको प्रवक्ता गोइतले बताए ।
आईओसीले हवाई इन्धन र खाना पकाउने एलपी ग्यासको मूल्यसमेत बढाएर पठाएको भए पनि त्यसको मूल्य भने नबढाइएको निगमले जनाएको छ ।