२०७६ मंसिर १७ गते मंगलबारको राशिफल

Newslaya Home

२०७६ मंसिर १७ गते मंगलबारको राशिफल

मङ्गलबार १७, मङि्सर २०७६

मेष । आफन्तको प्रगतिमा मन रमाउनेछ । विशिष्ट व्यक्तिबाट पुरस्कार तथा हौसला प्राप्त हुनेछ । आर्थिक क्षेत्रमा सोचेजस्तै लाभ लिन सक्छ ।

वृष । लाभदायक यात्रा रहनेछ । लाभ,हानी,आय,व्यय,सुख,दुख वरावरी मध्यम खालको समय छ । मेहनतीहरूका लागि दिन फलदायी नै रहनेछ ।

मिथुन । अनुहारमा कान्ति र मनमा शान्ति छाउनेछ । आफन्तसंग रमाइलो भेटघाट हुनेछ । मनोरन्जनमा सहभागिता भईएला । प्रेममा मधुरता छाउनेछ ।

कर्कट । सोचेजस्तो लाभ हासिल गर्न केही समय कुर्नुपर्नेछ । घरायसी व्यवहारबाट टाढै बस्नु होला । सवारी चलाउँदा सचेत रहनुहोला ।

सिंह । श्रमको उचित मुल्याङन हुनेछ । व्यापार व्यवसायमा सफलता मिल्नेछ । धर्म तथा समाजसेवामा मन लाग्नेछ । नयाँ कामको थालनी हुनेछ ।

कन्या । बन्धु बान्धवबाट सहयोग मिल्नेछ । राजनीतिक कार्यमा सफलता मिल्नेछ । वैदेशिक कार्य अघी बढ्नेछ । स्वास्थ्यमा सुधार आउला ।

तुला । नयाँ कार्य वा रोजगारको अवसर मिल्नेछ । धार्मिक कार्यमा रुची बढ्नेछ । रचनात्मक कार्यबाट अरूको मन जित्न सकिनेछ । प्रेममा सफलता पाईनेछ ।

वृश्चिक । विचार गरेर निर्णय लिनु उचित होला । पारिवारिक समस्यापनि आइपर्ला, तर रातो रंगको प्रयोगले विभिन्न समस्याबाट जोगाउनेछ ।

धनु । महिला वर्गबाट विशेष सहयमेग मिल्नेछ । सद्विचारले अभिप्रेरित हुनेहरूलाई बिस्तारै लाभ मिल्दै जानेछ व्यापार व्यवसायमा प्रगति होला ।

मकर । आफ्नै दक्षतामा विभिन्न कार्यहरू सम्पन्न हुनेछन् । शुभकार्यको चर्चा रहला । आत्मिक सन्तुष्टि मिल्नेछ । दान–पुण्यजस्ता कार्यमा सहभागी भइनेछ ।

कुम्भ । जोश जाँगर र हिम्मत बढ्नेछ । आफ्नो वाक्चतुर्याईँले सङ्कल्प सिद्ध हुनेछ । कला र गलाको प्रभाव बढ्नेछ । वाहान लाभ हुने समय छ ।

मीन । सोचेजस्तो लाभ हासिल गर्न केही समय कुर्नुपर्नेछ । झुटा आरोप आईपर्दा समस्या खेप्नुपर्नेछ, तर मठ–मन्दिरको भ्रमणले थप ऊर्जा प्रदान गर्नेछ ।