भुटाहामा एनसेल नेटवर्क नहुँदा सेवाग्राही हैरान

Newslaya Home

भुटाहामा एनसेल नेटवर्क नहुँदा सेवाग्राही हैरान

सोमबार १६, मङि्सर २०७६

भुटाहा । एनसेलको मोबाइल नेटवर्क र इन्टरनेट सेवा नियमित नहुँदा सुनसरी जिल्लाको दक्षिणवर्ती हरिनगर गाउँपालिकाका सेवाग्राहीहरू हैरान भएका छन् ।

एक महिनायताबाट वडा नं. १, २ अर्थात् साबिक रामनगर भुटाहा गाविसमा एनसेलको नेटवर्क बिग्रँदा पनि बनाउन चासो दिइएको छैन । नेटवर्कमा समस्या आउँदा फोन सम्पर्कदेखि इन्टनरनेट सञ्चालनमा समेत समस्या देखिएको छ ।

गाउँघरका युवाहरू विदेश र जिल्ला बाहिर रहेकाले आफन्तहरूले डाटा लिएर मोबाइलबाट भिडियो कल र सम्पर्क गर्ने गरेका थिए । नेटवर्कमा समस्या आउँदा आफन्तहरुसँग सम्पर्क टुटेको उनीहरुको गुनासो छ ।

1 प्रतिकृयाहरू प्राप्त
  • Shahrukh Ansariलेख्नुहुन्छ
  • |
  • मङ्गलबार १७, मङि्सर २०७६
Ncell tower dekhi 400 meter yeta uta network hudaina. K yo tower show ko lagi rakheko xa. Yesto ho bhane hami lai ncell use garnu xina aafno tower lanu.