बेलबारीमा लैङ्गिक हिंसा र सामाजिक न्याय बिषयक कार्यक्रम सम्पन्न

Newslaya Home

बेलबारीमा लैङ्गिक हिंसा र सामाजिक न्याय बिषयक कार्यक्रम सम्पन्न

भूमिका पाख्रिन
सोमबार १६, मङि्सर २०७६

मोरङ । जिल्ला समन्वय समिती मोरङ र ओरेक नेपालको संयुक्त आयोजनामा सोमबार मोरङको बेलबारीमा लैङ्गिक हिंसाको अवस्था, सामाजिक न्याय र गाउँ र नगरपालिकाको भूमिका बिषयक जिल्ला स्तरीय कार्यक्रम सम्पन्न भएको छ ।

२८ औं १६ दिने महिला विरुद्धको हिंसा अन्त्यका लागि अन्तर्राष्ट्रिय दिवसको अवसर पारी आयोजित उक्त कार्यक्रममा बोल्दै जिल्ला समन्वय समिती मोरङका प्रमुख नरेश पोखरेलले हरेक प्रकारका हिंसा अन्त्य गर्न सबै जना एकजुट हुनु पर्ने बताए ।

कार्यक्रममा बोल्दै लेटाङ नगरपालिका उपप्रमुख कृष्ण कुमारी पोखरेलले लेटाङ नगरमा समेत विभिन्न किसिमका हिंसा बढेको बताइन् । साथै पोखरेलले कतिपय शिक्षित परिवारबाटै पनि महिला माथी हिंसाका घटना हुने गरेको बताइन् ।

कार्यक्रममा बोल्दै मिक्लाजुङ गाउँपालिका उपाध्यक्ष सरला राईले न्याय सम्पादनका क्रममा राजनीतिक दबाब आउने गरेको समेत गुनासो गरिन् ।
अन्तरक्रियात्मक रहेको कार्यक्रममा पथरीशनिश्चरे नगर उपप्रमुख यमुना विष्ट, बेलबारी नगर उपप्रमुख तारा पराजुली, केराबारी गाउँपालिका उपाध्यक्ष शान्ती लिम्बूले पनि आफ्ना पालिकाहरुमा न्याय सम्पादनका क्रममा आएका अवस्था र लैङ्गिक हिंसाको घटनाहरु बारे बताए ।

कार्यक्रममा विभिन्न पालिकाका प्रमुख, उपप्रमुख, प्रमुख प्रशासकीय अधिकृत, विभिन्न सस्थाका प्रमुख एवम् प्रतिनिधिहरुको उपस्तिथि रहेको थियो । यस वर्ष नेपालमा भने समानताको पुस्ता, बलात्कार विरुद्धको ऎक्यबद्दता भन्ने नाराका साथ यो दिवस मनाइदैछ ।