दाइजो प्रथाविरुद्धमा १०८ जोडीको सामूहिक विवाह

Newslaya Home

दाइजो प्रथाविरुद्धमा १०८ जोडीको सामूहिक विवाह

सोमबार १६, मङि्सर २०७६

जनकपुरधाम । जनकपुरधाममा विवाह पञ्चमीको अवसर पारेर दाइजो प्रथाविरुद्ध एक सय ८ जोडीको सामूहिक विवाह सुरु भएको छ ।

विश्व हिन्दु परिषद्को व्यवस्थानमा स्वयम्वरको लागि ठूलो पण्डाल बनाइएको जनकपुरधामको मणिमण्डपमा दाइजो प्रथाविरुद्धको आदर्श विवाहको लागि छुटाछुट्टै पण्डालमा मरवा (मण्डप) बनाईएको हो ।

अंग्रेजी बाजा, रथ पनि व्यवस्थापन गरिएको विवाहमा जन्तीको खानपान, बेहुलाबेहुलीको लुगाफाटो, सरसमान, बेहुलीलाई सुनको मंगलसुत्र सबै सहयोगी हात खोजेर जुटाइएको विश्व हिन्दु परिषद् नेपालका राष्ट्रिय उपाध्यक्ष कासिन्द्र यादवले बताए ।

कानुन अनुसार केटाकेटीको विवाह गर्ने उमेर पुगेको हुनु पर्ने शर्त राखि खुलाइएको विवाह आवेदनमा वेहुलावेहुली पक्षले उमेर खुल्ने नागरिकता वा जन्मदर्ता सहित विवाहको लागि फर्म भरेको विश्व हिन्दु परिषद् नेपालको भातृ संगठन सन्त मार्ग दर्शन मण्डलका सह संयोजक महन्थ लक्ष्मण दासले जानकारी दिए ।

IMG_20191202_152521.jpg