एक हजार घुस सहित एक ट्राफिक प्रहरी पक्राउ

Newslaya Home

एक हजार घुस सहित एक ट्राफिक प्रहरी पक्राउ

सोमबार १६, मङि्सर २०७६

धनुषा । धनुषाको क्षिरेश्वरनाथ नगरपालिकाबाट एक ट्राफिक प्रहरी घुससहित पक्राउ गरिएको छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले ट्राफिक प्रहरीका सई नविनकुमार झालाई एक हजार घुससहित पक्राउ गरेको हो ।

झाले ढुंगा तथा गिट्टी ढुवानीमा सहज गरिदिने भन्दै ट्रिपर चालकसँग एक हजार घुस लिइरहेको अवस्थामा अख्तियारको बर्दिवास कार्यालयबाट पुगेको टोलीले उनलाई नियन्त्रणमा लिएको हो ।

पटक–पटक पैसा माग्ने गरेपछि झाविरुद्ध अख्तियारको कार्यालयमा उजुरी परेको थियो । सोही उजुरीको आधारमा अख्तियारको टोलीले अनुगमन गर्ने क्रममा उनी घुससहित पक्राउ परेका हुन् ।
झालाई नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको अख्तियारले जनाएको छ ।