झापाबाट ठूलो परिमाणको सुपारी बरामद

Newslaya Home

झापाबाट ठूलो परिमाणको सुपारी बरामद

सोमबार १६, मङि्सर २०७६

झापा । झापाको मेचीनगर नगरपालिका–६ तुर्केनीबाट अबैध सुपारी बरामद भएको छ ।

सोमबार बिहान साईकलमा लोड गरि भारत तर्फ लैजान तयारी गरिएको ४ हजार ६ सय २० केजी अन्दाजी १३ लाख ८६ हजार रुपैयाँ बराबरको सुपारी बरामद गरिएको हो ।

नेपालबाट भारत तर्फ सुपारी लैजाँदै गरेको भन्ने बिशेष सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय झापा तथा ईलाका प्रहरी कार्यालय काकडभिट्टाबाट खटिएको प्रहरी टोलीले ठूलो परिमाणको सुपारी बररामद गरेका हुन् ।

अबैध रुपमा नेपालबाट बरामद भएको सुपारी आवश्यक कारवाहीको लागि मेची भन्सार कार्यालय बुझाउने तयारी भईरहेको ईलाका प्रहरी कार्यालय काकडभिट्टाले जनाएको छ ।