तुईन चुडिएर नदिमा खस्दा एक जना बेपत्ता

Newslaya Home

तुईन चुडिएर नदिमा खस्दा एक जना बेपत्ता

सोमबार १६, मङि्सर २०७६

संखुवासभा । संखुवासभाको छुम्सुर स्थित अरुण नदीको तुईन चुडिएर खस्दा एक जना बेपत्ता भएका छन् ।

आइतबार दिउँसो छुम्सुरबाट रिदाक तर्फ हिडेका भोटखोला गाउँपालिका–२ का ३० वर्षिय ओङ्दी भोटे तुईनबाट खसेर अरुण नदिमा बेपत्ता भएका हुन् ।

नदी तर्ने क्रममा अचानक तुइनको नट खुस्कीएर अरुण नदिमा खस्दा बेपत्ता भएका उनलाई प्रहरी चौकी चेपुवाबाट खटिएको प्रहरीको टोली र स्थानीयवासी समेतको संयुक्त टोलीले खोजतलास गरिरहेको जिल्ला प्रहरी कार्यालय संखुवासभाले जनाएको छ ।