१३ औं सागः पदक जित्नेमा नेपाल पहिलो स्थानमा

Newslaya Home

१३ औं सागः पदक जित्नेमा नेपाल पहिलो स्थानमा

सोमबार १६, मङि्सर २०७६

काठमाडौं । १३ औं साउथ एसियन गेम (साग) मा नेपालले सबैभन्दा धेरै पदक हात पारेको छ । हालसम्म नेपालले ३ स्वर्ण पदक सहित ५ पदक जितिसकेको छ ।

यस्तै, भारतले १ स्वर्ण पदक सहित ४ पदक जितीसकेको छ । हाल पाकिस्तानले पनि एक स्वर्ण पदक सहित ३ स्वर्ण पदक हात पारिसकेको सागले जनाएको छ । यसका अलाव बंगलादेशले ३, श्रीलंकाले ३ ओटा पदक जितेका छन् । तर, भुटान र माल्दिभ्सले अझै पदक हात पार्न सकेका छैन ।