हेलिकप्टर दुर्घटना हुँदा तीन जनाको मृत्यु

Newslaya Home

हेलिकप्टर दुर्घटना हुँदा तीन जनाको मृत्यु

सोमबार १६, मङि्सर २०७६

काठमाण्डौ । अमेरिकाको टेक्सास राज्यमा आइतवार राती भएको हेलिकप्टर दुर्घटनामा तीन जनाको मृत्यु भएको छ । ह्यूस्टनबाट करिब ३ सय २० किलोमिटर पश्चिममा रहेको सो इलाकामा दुर्घटना भएको थियो ।

एउटा मात्र इन्जिन भएको यस हेलिकप्टरमा सवार दुई पुरुष र एक महिलाको सो दुर्घटनमा मृत्यु भएको जनाइएको छ । सान एन्टोनियो अन्तर्राष्ट्रिय विमानस्थलबाट करिब ५ किलोमिटर उत्तरपश्चिममा उक्त दुर्घटना भएको स्थानीय सञ्चार माध्यमले जनाएका छन् ।