तमिलनाडुमा भारी वर्षा, १७ जनाको मृत्यु

Newslaya Home

तमिलनाडुमा भारी वर्षा, १७ जनाको मृत्यु

सोमबार १६, मङि्सर २०७६

काठमाण्डौ । भारतको तमिलनाडु प्रदेशमा भारी वर्षाका कारण घर भत्कँदा १७ जनाको मृत्यु भएको छ। सोमबार (आज) बिहान मानिसहरू सुतिरहेका बेला कोइमबाटोरको नादुर गाँउमा घर भत्किएका थिए।

मृत्यु हुनेमा सात वर्षका दुई बालकसमेत रहेको जनाइएको छ। सबै शव पोर्टमर्टमका लागि पठाइसकिएको छ। केही दिनयता भारतका ६ जिल्लामा भारी बर्षा भएको छ। मौसम विभागले मानिसहरूलाई सुरक्षित रहन सूचना दिएको छ।

चेन्नाई, चेनगलपत्तु, तीरूभल्लुर, कुड्डालोरलगायत जिल्लामा विद्यालय बन्द गरिएको छ।