सुनको मूल्य घट्यो

काठमाडौं । सोमबार (आज) सुन तोलामा २ सयले घटेर ७१ हजार ४ सय रुपैयाँमा कारोबार भइरहेको नेपाली सुन चाँदी व्यवसायी महासंघले जनाएको छ।
यस्तै चाँदीको मूल्यमा पनि सामान्य गिरावट आएको छ।आज चाँदी तोलामा ८५५ रुपैयाँमा कारोबार भइरहेको छ। आइतबार चाँदी ८५० रुपैयाँमा कारोबार भएको थियो।