भ्रष्टाचार नगर्ने र सेवा सुविधा नलिने धरानका मेयर राईको घोषणा

Newslaya Home

भ्रष्टाचार नगर्ने र सेवा सुविधा नलिने धरानका मेयर राईको घोषणा

सोमबार १६, मङि्सर २०७६

इटहरी । धरानका नव निर्वाचित मेयर तिलक राईले भ्रष्टाचार नगर्ने र कुनै सेवा सुविधा नलिने घोषणा गरेका छन् ।
 
मेयरमा निर्वाचित भएपछि बोल्दै उनले आफ्नो तलब सामाजिक काममा खर्च गर्ने बताए । 
 
उनले आफ्नो जित धरानबासीको जित भएको बताउँदै कम्युनिष्टसमेतको भोटले आफू जितेकोले कुनै किल्ला नढालेको स्पष्ट पारे ।
 
चुनाव लड्नु अघि आफुले गरेका वाचा पुरा गरेरै छाड्ने प्रतिवद्दता पनि उनले दोहोर्याए ।