ह्विलचियरमा राखेर सिद्धबाबालाई अदालत पुर्याइयो

Newslaya Home

ह्विलचियरमा राखेर सिद्धबाबालाई अदालत पुर्याइयो

सोमबार १६, मङि्सर २०७६

इनरुवा । बलात्कारको आरोप लागेको कृष्णदासलाई म्याद थपका लागि सुनसरी जिल्ला अदालतमा पुर्याइएको छ ।

सोमबार (आज ) बिहान विराटनगरस्थित विराट नरसिंङ अस्पताल कृष्णदासलाई प्रहरीले म्याद थपका लागि नियन्त्रणमा लिइ अदालत पुर्याएको हो । कृष्णदासलाई एम्बुलेन्समा राखि अदालत पुर्याइएको छ ।

डीएसपी बिनोद शर्मासहित विराटनगर अस्पताल पुगेको प्रहरीले कृष्णदासलाई एकाविहानै नियन्त्रणमा लिएको हो । स्वास्थ्य सामान्य रहेकाले नियन्त्रणमा लिई अनुसन्धानका लागि ४ दिनको म्याद थप गरेको छ ।

गिरीलाई विराट नर्सिङ होमकै को १ च ४०७३ नम्बरको एम्बुलेन्स मार्फत अदालत उपस्थित गराईएको थियो । एम्बुलेन्सबाट ओरालेर उनलाई ह्वील चेयरमा राखेर जिल्ला अदालत भित्र लगिएको थियो ।