दूग्ध उद्यमीहरुलाई खाद्यप्रबिधि सम्बन्धी अभिमुखीकरण

Newslaya Home

दूग्ध उद्यमीहरुलाई खाद्यप्रबिधि सम्बन्धी अभिमुखीकरण

बाबुराम कार्की
सोमबार १६, मङि्सर २०७६

प्रकाशपुर । दूग्ध उत्पादक कृषक उद्यमीहरुलाई स्वच्छ दुध उत्पादन सम्बन्धी एकदिने अभिमुखीकरण तालिम तरहराको कामधेनु दूग्ध विकास सहकारी संस्थाको सभाहलमा सम्पन्न भएको छ ।

कामधेनु दूग्ध विकास सहकारी संस्था लिमिटेडको सहयोगमा खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यलय सुनसरीको आयोजनामा मोरङ्ग र सुनसरीका ३५ जना कृषक उद्यमीहरुको सहभागिता रहेको थियो ।

उक्त तालिममा दुध उत्पादनमा स्वच्छता कायम राख्न गर्नुपर्ने कार्यहरुको बारेमा सहभागीहरुलाई बिस्तृत रुपमा जानकारी गराइएको खाद्य प्रबिधि तथा गुण नियन्त्रण डिभिजन कार्यलय सुनसरीका इन्स्पेक्टर श्रीजन जोशीले बताए । खाद्य प्रबिधि गुण नियन्त्रण कार्यलय बिराटनगरकी फट इन्स्पेक्टर प्रमिला राई र बादल चेम्जोङले सहजीकरण गरेको कार्यक्रमा दुधमा कस्ता कस्ता प्रकारका मिसावट हुन्छन्, ती मिसावटका नमूना परिक्षण समेत गरेर सहभागीहरुलाई देखाइएको थियो ।

गोठ व्यवस्थापन देखि पशु आहार र सरसफाईका बारेमा जानकारी गराएको सहभागी प्रकाशपुर दूग्ध उत्पादक सहकारी संस्थाका कर्मचारी जगतबहादुर कार्कीले बताए । खाद्य मिसावट गर्नेलाई पाँच वर्ष जेल वा पचास हजार जरिवाना वा दुवै हुन सक्ने खाद्य प्रबिधि तथा गुण नियन्त्रण डिभिजन कार्यलय सुनसरीका इन्स्पेक्टर श्रीजन जोशीले कार्यक्रममा बताए थिए ।