धरानको मेयरमा कांग्रेसका तिलक राई विजयी

Newslaya Home

धरानको मेयरमा कांग्रेसका तिलक राई विजयी

सोमबार १६, मङि्सर २०७६

धरान । धरान उपमहानगरपालिको मेयर पदमा नेपाली कांग्रेसका उम्मेदवार तिलक राई विजयी भएका छन् । राईले नेकपाका प्रकाश राईलाई २ हजार ७ सय ९५ मतको अन्तरले पराजित गरेका हुन् ।

जित हात पारेका तिलक राईले २६ हजार ७ सय ९ मत हासिल गरेका छन्। त्यसैगरि उनका निकटम प्रतिस्पर्धी प्रकाश राईले २३ हजार ९ सय १४ मत पाएका छन् । त्यसैगरि संघीय लिम्बुवान मञ्च नेपालले तेश्रो स्थानमा रहँदै १ हजार १ सय २६ मत पाएको छ।