कृष्णदासलाई म्याद थपका लागि सुनसरी जिल्ला अदालत लैजाने तयारी

Newslaya Home

कृष्णदासलाई म्याद थपका लागि सुनसरी जिल्ला अदालत लैजाने तयारी

सोमबार १६, मङि्सर २०७६

सुनसरी । बलात्कारका आरोपित सिद्धबाबा भनिने कृष्णदासलाई म्याद थपका लागि सुनसरी जिल्ला अदालत लैजाने तयारी गरिएको छ ।

सोमबार बिहान बिराट नरसिङ हस्पिटलबाट नियन्त्रणमा लिइएका कृष्णदासलाई यतिबेला जिल्ला प्रहरी कार्यालय इनरुवामा राखिएको छ । उनलाई केहिबेर अघि प्रहरीले स्वास्थ्य जाँचकालागि इनरूवा अस्पताल पुर्याएको थियो ।