धरान ७ को वडाध्यक्षमा नेकपाका सुवेदी एक मतले जिते

Newslaya Home

धरान ७ को वडाध्यक्षमा नेकपाका सुवेदी एक मतले जिते

सोमबार १६, मङि्सर २०७६

धरान । धरान उपहानगरपालिका –७ को उपचुनावमा नेकपाका जीवन सुवेदी एक मतको अन्तरमा बिजयी भएका छन् । सुवेदीले एक मत अन्तरले कांग्रेसका सुवर्ण पालिखेलाई हराएका हुन् ।

नेकपा उम्मेदवार सुवेदीले ६२२ मत ल्याएर वडाध्यक्षमा जित्दा नेपाली कांग्रेसका सुवर्ण पालिखेले ६२१ मत प्राप्त गरेका छन् ।