भोजपुरमा अज्ञात समूहद्वारा दुई वटा एक्जाभेटरमा आगजनी

Newslaya Home

भोजपुरमा अज्ञात समूहद्वारा दुई वटा एक्जाभेटरमा आगजनी

सोमबार १६, मङि्सर २०७६

भोजपुर । भोजपुरमा अज्ञात समूहले दुई वटा एक्जाभेटरमा आगजनी गरेको छ । आइतबार राती भोजपुर नगरपालिका–१२ स्थित प्रतिमा प्रेशा कन्ट्रसन प्रालिको वा २ क ७६९२ नंको स्काभेटरमा पेट्रोल छर्केर आगजनी गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

त्यस्तै टेम्केमैयुङ गाउँपालिका दुई छिनामखुको नौले गाउँमा मध्यपहाडी लोक मार्गमा सडक निर्माणका क्रममा राखिएको गोल्डेन गु्रप शेर्पा कन्ट्रक्सन प्रालिको वा २ क ६६१९ नंको एक्जाभेटरमा पनि आगजनी भएको प्रहरीले जनाएको छ । आगजनी कसले गरेको हो भन्ने विषयमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।