लियोनल मेसीको गोल सँगै बार्सिलोनाको जित

Newslaya Home

लियोनल मेसीको गोल सँगै बार्सिलोनाको जित

सोमबार १६, मङि्सर २०७६

एजेन्सी । कप्तान लियोनल मेस्सीले अन्तिम समयमा गरेको गोलको सहयोगमा बार्सिलोना पुनः स्पेनिस ला लिगा फुटबलको शीर्ष स्थानमा पुगेको छ ।

आइतबार राति अवे मैदानमा भएको खेलमा एथ्लेटिको मड्रिडलाई १–० ले पराजित गर्दै बार्सिलोनाले पुनः स्पेनिस ला लिगा फुटबलमा जित हासिल गरेको हो ।

मेस्सीले ८६ औँ मिनेटमा गरेको एक मात्र गोल निर्णायक बन्न पुगेको हो । उक्त गोलले बार्सिलोनाको जित सँगै तीन अंक दिलाई पुनः शीर्ष स्थानमा पर्याएसको छ ।

एथ्लेटिको मड्रिडका लागि मारिओ हेर्मोसो र अल्भारो मोराटाले गोल गर्ने राम्रो प्रयास गरेका थिए । तर उनीहरुका प्रहार बार्सिलोनाका गोल रक्षक मार्क–आन्द्रे टेर स्टिग्नले रोकेका हुन् ।

बार्सिलोनाको १४ खेलबाट ३१ अंक भएको छ । रियल मड्रिडको पनि समान ३१ अंक नै छ तर उ गोल अन्तरका आधारमा पछि परेको हो ।

ला लिगा अन्तर्गत आइतबार राति नै भएका खेलमा सेभिल्लाले लेगानेसलाई १–०, एथ्लेटिको बिल्बाओले ग्रानाडालाई २–०, ओसासुनाले स्पानियोललाई ४–२ तथा गेटाफेले लेभान्टेलाई ४–० ले पराजित गरेको छ ।