मकालु गाउँपालिका अध्यक्षमा नेकपा उम्मेदवार पोखरेल निर्वाचित

Newslaya Home

मकालु गाउँपालिका अध्यक्षमा नेकपा उम्मेदवार पोखरेल निर्वाचित

सोमबार १६, मङि्सर २०७६

खाँदबारी । संखुवासभाको मकालु गाउँपालिकामा उपनिर्वाचनको मतगणना सम्पन्न भएको छ ।

पालिका अध्यक्ष पदका लागि शनिबार भएको उपचुनावमा नेकपाका उम्मेदवार तेजबहादुर पोखरेल विजयी भएका हुन् ।

तत्कालिन अध्यक्ष खड्ग कटुवालको सडक दुर्घटनामा निधन भए पछि पुनः उपनिर्वाचन भएको उक्त स्थानमा प्रमुख विपक्षी नेपाली कांग्रेसका विमन पराजुलीलाई ८०२ मतले पराजित गर्दै पोखरेल विजयी भएका हुन ।

यसअघि पनि नेकपा एमालेले जितेको मकालु गाउँपालिकामा तेजबहादुर पोखरेल ३ हजार १८ मत प्राप्त गरि विजयी भएका छन् भने पराजुलीले २ हजार २१६ मत प्राप्त गरेका छन् ।