त्रिवि सेवा आयोगले खुलायो, ७ सय बढी कर्मचारीको विज्ञापन

Newslaya Home

त्रिवि सेवा आयोगले खुलायो, ७ सय बढी कर्मचारीको विज्ञापन

सोमबार १६, मङि्सर २०७६

काठमाडौं । त्रिभुवन विश्वविद्यालयमा ७ सयभन्दा बढी कर्मचारीको माग सहित विज्ञापन खुलाइएको छ ।

त्रिवि सेवा आयोगले आइतबार उपप्रशासक, शाखा अधिकृत, लेखा अधिकृत, स्टाफ नर्स, बुक बाइन्डरसम्मका पदका लागि विज्ञापन प्रकाशित गरेको हो ।

सबैभन्दा बढी ७७ जना स्टाफ नर्स माग गरिएको छ भने १५ जनाका लागि लेखा अधिकृतको आवेदन खुलाएको छ । यसैगरी ५१ जना कार्यालय सहायक, ४३ जना मुख्य कार्यालय सहायक, ४० जना शाखा अधिकृत, २६ जना पुस्तकालय अधिकृत र २१ जना मुख्य लेखा सहायक पदका लागि विज्ञापन खुलाइएको छ ।

प्रकाशित विज्ञापनः हेर्नुहोस् ।