बागलुङमा गठबन्धनका उम्मेदवार खिमविक्रम शाही निर्वाचित

Newslaya Home

बागलुङमा गठबन्धनका उम्मेदवार खिमविक्रम शाही निर्वाचित

सोमबार १६, मङि्सर २०७६

बागलुङ । बागलुङ क्षेत्र नं २ को (ख) मा भएको उपचुनावको मतगणना सम्पन्न भएको छ ।

बागलुङ क्षेत्र नं २ को (ख) मा प्रदेशसभा सदस्यका लागि शनिबार भएको उपनिर्वाचनमा राष्ट्रिय जनमोर्चाका खिमविक्रम शाही निर्वाचित भएका हुन् ।

सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को समर्थमा शाहीले नेपाली कांग्रेसका उम्मेदवार जीत शेरचनलाई २०९७ मतान्तरले पराजित गर्दै विजयी भएका हुन् ।

२ जना स्वतन्त्र सहित १० जना उम्मेदवार चुनावी मैदानमा शाहीले ११ हजार २ सय ३५ मत ल्याउँदा शेरचनले ९ हजार १ सय ३८ मत प्राप्त गरेका छन् ।

समाजवादी पार्टीका उम्मेदवार अशोककुमार बिकले ३१६ मत प्राप्त गरेका छन् भने स्वतन्त्र उम्मेदवार शेरमान घर्तीले ९५, मंगोल नेशनल अर्गनाईजेशनका मित्र बहादुर मगरले ४५, स्वतन्त्र उम्मेदवार सन्तोष भण्डारीले २८, राप्रपा संयुक्तका निमबहादुर भण्डारीले ३७, संघीय राष्ट्रिय लोकतान्त्रीक मञ्चका अनिल कुमार राईले ८, राष्ट्रिय जनमुक्ति पार्टीका याम बहादुर आलेले ३३ र राप्रपाका गणेश बहादुर कुँवरले ३६ मत प्राप्त गरेका छन् ।

२०७४ सालमा भएको आम निर्वाचनमा तत्कालिन एमाले र माओवादी केन्द्रको समर्थनमा राष्ट्रिय जनमोर्चाबाट प्रदेशसभा सदस्य हुनुभएका टेकबहादुर घर्तीको उपचारका क्रममा निधन भएपछि उपनिर्वाचन गरिएको हो ।