अन्ततः अस्पतालबाटै समातिए बाबा कृष्णदास, एम्बुलेन्समा हालेर सुनसरी ल्याइयो

Newslaya Home

अन्ततः अस्पतालबाटै समातिए बाबा कृष्णदास, एम्बुलेन्समा हालेर सुनसरी ल्याइयो

सोमबार १६, मङि्सर २०७६

इटहरी । बलात्कारको आरोप लागेका चतराका साधु कृष्णदास गिरीलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

बिरामी भएको भन्दै विराटनगरस्थित विराट नर्सिङ होममा उपचाररत कृष्णदासलाई सुनसरी प्रहरीले नियन्त्रणमा लिएको हो । बिहान ४ बजे अस्पताल पुगेको प्रहरी टोलीले नियन्त्रणमा लिएर एम्बुलेन्समै हालेर सुनसरी ल्याएको हो ।

अस्पतालमा पनि प्रहरीको निगरानमाी रहेका उनलाई प्रहरीले आइतबार नै पक्राउ गर्ने तयारी गरेपनि हर्ट अट्याक भएको भन्दै उनी आइसियुमा भर्ना भएकाथिए । अस्पताल प्रशासन, केही राजनीतिक दलका नेता, कर्मचारीहरु उनलाई जोगाउन लागिपरेपनि अन्ततः उनी पक्राउ परेका हुन् ।

आफ्नै अनुयायी महिलामाथि गत ४ कात्तिकमा बलात्कार गरेको आरोप उनीमाथि लागेको थियो । महिलाले गत मंगलबार जाहेरी दिएपछि विषय बाहिर आएको थियो । बलात्कारको आरोप लागेपछि कृष्णदासका अनुवाईहरुले सलिना रामदासी नाग गरेकी महिलाले फेसबुकमा पठाएको म्यासेजहरु सार्वजनिक गरेका थिए । जसमा कृष्णदासलाई भेट्ने, चुम्बन गर्ने र अंकमाल गर्ने इच्छा व्यक्त गरिएको थियो ।

लगत्तै न्युज २४ च्यानलको कार्यक्रम सिधा कुरा जनतासँगमा ती महिलालाई कृष्णदासले रुँदै गरेको फोन रेकर्ड प्रशारण भएको थियो । जसमा उनले बचाउन आग्रह गरेका छन् ।