धरानका १४ वटा वडाको मतगणना सम्पन्न, कांग्रेसको अग्रता कायमै

Newslaya Home

धरानका १४ वटा वडाको मतगणना सम्पन्न, कांग्रेसको अग्रता कायमै

सोमबार १६, मङि्सर २०७६

धरान । धरान उपमहानगरपालिकाको १४ वटा वडाको मतगणना गरिसक्दा अहिले सम्म कांग्रेसको अग्रता कायमै रहेको छ ।

अहिलेसम्म कांग्रेसले २०,८९७ मत प्राप्त गरेको छ भने नेकपाले १९, २७० मत प्राप्त गरेको छ ।
कांग्रेसले १,६२७ ले अग्रता लिएको धरानमा वडा नं. २०, १९, १८, १७, १६, १५, १४, १३, १२, ११, १०, ९, ८ र ६ नम्बर वडाको मतगणना भइसकेको छ । अब १, २, ३, ४, ५ र ७ नम्बर वडाको मतगणना बाँकी रहेको जनाइएको छ ।