लेटाङमा महापुराण ज्ञान महायज्ञ तथा धान्याञ्चल २०७६ सुरु

Newslaya Home

लेटाङमा महापुराण ज्ञान महायज्ञ तथा धान्याञ्चल २०७६ सुरु

भूमिका पाख्रिन
सोमबार १६, मङि्सर २०७६

लेटाङ । मोरङको लेटाङ नगरपालिकामा आइतबारबाट श्री नारद महापुराण ज्ञान महायज्ञ तथा धान्याञ्चल २०७६ सुरु भएको छ ।

नेपाल मानव धर्म सेवा समिति लेटाङको आयोजनामा भएको पुराणको आइतबार विहान कलश यात्रा निकालिएको थियो ।

कलश यात्राले लेटाङ नगर परिक्रमा गरिएको थियो । महायज्ञको उद्घाटन कार्यक्रममा प्रतिनिधि सभा सांसद घनश्याम खतिवडाको प्रमुख आतिथ्यता रहेको थियो ।

त्यसैगरी कार्यक्रममा प्रदेश सांसद उपेन्द्र घिमिरे, नगर प्रमुख शंकर राई, उपप्रमुख कृष्णकुमारी पोखरेल लगायत उपस्थिति रहेका थिए ।
पं. डिल्लीराम गौतमको प्रमुख बाचनमा हुने पुराण आगामी २७ गतेसम्म चल्नेछ ।