मोरङमा अबैध लागुऔषध गाँजा सहित तीन जना पक्राउ

Newslaya Home

मोरङमा अबैध लागुऔषध गाँजा सहित तीन जना पक्राउ

सोमबार १६, मङि्सर २०७६

विराटनगर । मोरङको सुन्दरहरैचा नगपालिका–१० खोर्सानेबाट गाँजा सहित तीन जनालाई पक्राउ गरिएको छ ।

शुक्रबार साँझ प्रहरी चौकी बिराटचोकबाट खटिएको प्रहरी चेकीङ टोलीले मोटरसाईकलमा आएका तिनै जनालाई चेकजाँच गर्ने क्रममा ३ केजी ४ सय ग्राम गाँजा सहित तीन जनालाई पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा बेलबारी नगरपालिका–१ घर भएका २४ बर्षीय लक्ष्मी गुरुङ, १९ बर्षीय बिकाश धिमाल र १९ बर्षकै रितिक बस्नेत रहेका छन ।

पक्राउ परेका तिनै जनालाई कारबाहीको प्रकृया अघि बढाइएको ईलाका प्रहरी कार्यालय बेलबारीले जनाएको छ ।