दाङको प्रदेशसभा उपचुनावमा नेकपाकी उम्मेदवार बिमलाको जित

Newslaya Home

दाङको प्रदेशसभा उपचुनावमा नेकपाकी उम्मेदवार बिमलाको जित

सोमबार १६, मङि्सर २०७६

काठमाण्डौ । दाङको क्षेत्र नम्बर ३ (ख) मा भएको प्रदेशसभा उपचुनावको मत गणना सम्पन्न भएको छ ।

शनिबार सम्पन्न भएको उपनिर्वाचनमा दाङ ३ (ख) मा नेकपाकी उम्मेदवार बिमलाकुमारी खत्री (वली) विजयी भएकी हुन् ।

२०७४ सालको चुनावमा एमालेका उत्तरकुमारी ओलीले २३ हजार ९७० मत ल्याएर विजयी भएकी उक्त स्थानमा खत्रीले २४ हजार २८६ मत ल्याएर विजयी भएकी छन् ।
निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका केशवराज शर्माले १९ हजार १८२ मत प्राप्त गरेको निर्वाचन आयोगले जनाएको छ ।