वडा नं. १२ देखि २० सम्मको मतगणनामा काँग्रेसको अग्रता कायमै, वडा नं. ११ मा पनि अगाडी

Newslaya Home

वडा नं. १२ देखि २० सम्मको मतगणनामा काँग्रेसको अग्रता कायमै, वडा नं. ११ मा पनि अगाडी

आइतबार १५, मङि्सर २०७६

धरान । धरानमा सम्पन्न उपनिर्वाचनमा नेपाली काँग्रेसले आफ्नो अग्रता कायमै राखेको छ । नेपाली काँग्रेस ७५२ मतअन्तरले अगाडी छ ।

आइतबार राती १० बजेसम्मको गणनाअनुसार नेपाली काँग्रेसले १३,४४३ मत ल्याएको छ भने नेकपाले १२,६९१ मत ल्याएको छ । यो धरानका ९ वटा वडाको मतगणनाको नतिजा हो । धरानका वडा नं. १२ देखि २० सम्मको मतगणना सकिएको छ ।

वडा नं. ११ को मतगणना अन्तीम चरणमा पुगेको छ । वडा नं. ११ मा पनि नेपाली काँग्रेसले नेतृत्व गरेको छ । उक्त वडामा नेपाली काँग्रेस ३८ मतले अगाडी रहेको बताइएको छ ।

अघिल्लो निर्वाचनमा ठूलो मतपरिणामले विजयी हुदैं आएको नेकपालाई धरानेहरुको कम भोट प्राप्त भएको छ ।