रामधुनी मन्दिरको साधारण सभामा किसानलाई बाच्छा वितरण र पत्रकार सम्मान

Newslaya Home

रामधुनी मन्दिरको साधारण सभामा किसानलाई बाच्छा वितरण र पत्रकार सम्मान

- बाबुराम कार्की
आइतबार १५, मङि्सर २०७६

प्रकाशपुर । रामधुनी बाबा बनखण्डी मन्दिर ब्यवस्थापन समितिले छटौं वार्षिक साधारणसभा रामधुनीमा सम्पन्न गरेको छ ।

नेपाली काङ्ग्रेसका केन्द्रिय सदस्य डा. शेखर कोइरालाको प्रमुख अतिथिमा सम्पन्न भएको छ ।

उक्त कार्यक्रममा प्रदेश १ का प्रतिपक्ष दलका नेता राजिव कोइराला, रामधुनी नगरपालिकाका मेयर जयप्रकाश चौधरी, ईनरुवा नगरपालिकाकी उपप्रमुख जमुना गौतम पोख्रेल, रामधुनी वार्ड नं. ८ का रुद्र वस्नेत, वार्ड नं. १ का महेश चौधरी, वार्ड नं. ४ का मनेश चौधरी, राम कोइराला, राजकुमार चौधरीलगायत स्थानीयवासीहरुको उपस्थिति रहेको थियो ।

मन्दिर व्यवस्थापन समितिले आर्थिक वर्ष २०७५÷०७६ मा गरेको ३३ लाखको आय व्ययको प्रतिवेदन प्रस्तुत गरिएको थियो ।

यसै बिच साधारण सभाको अवसरमा मन्दिर व्यवस्थापन समितिले छ जना कृषकलाई छ हल बाछा वितरण गरेको छ । त्यसैगरी रामधुनी मन्दिरलाई आर्थिक, सामाजिक, नैतिक रुपमा योगदान पु¥याउने छ जनालाई सम्मानसमेत गरेको छ । रामधुनी मन्दिरको बारेमा सञ्चार माध्यमबाट प्रचार प्रसारणमा योगदान पुराउने दुई जना पत्रकारलाई पनि सम्मान गरिएको थियो ।

सम्मानित हुनेहरुमा झुम्काका व्यापारी अशोक गुप्ता, विष्णु खतिवडा, रामसेवक शाह, नरबहादुर दाहाल, सीताराम सापकोटा र सञ्चारकर्मीद्वय धनबहादुर पुरी र जयकृष्ण यादवलार्इृ प्रमूख अतिथि शेखर कोइराला र मन्दिर व्यवस्थापन समितिको अध्यक्षय डिल्ली कार्कीले सम्मानपत्रले सम्मान गेरका थिए । यसैबिच मन्दिर परिसरमा रहेको गोधन अर्क प्रशोधनको उद्घाटन गरिएको छ ।

सुनसरीको रामधुनी नगरपालिका वार्ड नं. ४ रामधुनि जंगलमा अवस्थित रामधुनि मन्दिर बराक्षेत्र नगरपालिका र भोक्राहा नरसिङ्ग गाउँपालिकाको सीमा जङ्गलको बिच भागमा अवस्थित छ ।

श्री रामधुनी मन्दिर हिन्दु धर्माबलम्बीहरुको पौराणिक भनाई अनुसार त्रेता युगमा श्री रामचन्द्र यस तपोवनको पूण्यस्थलमा वनवासको क्रममा धुनी लगाएर एक रात बास बसेको र बसेको स्थान छाडी हिड्दा आफ्ना पाऊका एक जोर खराऊ छाडी गएको भन्ने कथन छ ।

रामधुनी मन्दिर आफ्नै किसीमको महत्व र अस्तित्व बोकेको एउटा धार्मिक पौराणिक ऐतिहासिक धरोहरका रुपमा परिचित मन्दिर हो ।

रामनवमी विवाह पञ्चमी, ऋषी पञ्चमी, शिवरात्री, तीज आदि जस्ता पर्वहरुमा नेपालका विभिन्न स्थान र भारतबाट समेत श्रद्धालु भक्तजनहरुको भिड लाग्ने गरेको छ ।